राजा महेन्द्रलाई मारेको आरोप लागेका डा.मृगेन्द्रराज पाण्डे यिनै हुन् ! किन यस्तो आरोप लगाइयो ?

डा. मृगेन्द्रराज पाण्डे चर्चित डाक्टरमध्येका एक हुन् । मुटुरोग विशेषज्ञ डा. पाण्डे स्व. राजा महेन्द्रका निजी चिकित्सक थिए । राजा महेन्द्रकी आमा कान्ती राज्यलक्ष्मीदेवी शाहको उपचारमा संलग्न हुँदै गर्दा उनले पूरै राजपरिवारका सदस्यको उपचार गर्नुप¥यो । ०२८ सालमा राजा महेन्द्रको हृदयाघातका कारण मृत्यु भयो । त्यतिवेला राजपरिवारभित्रैबाट डा. पाण्डेलाई राजा महेन्द्रलाई मारेको आरोप लाग्यो । तर, उनले सार्वजनिक रूपमा आफूलाई लागेको आरोपको कहिल्यै खण्डन गरेनन् । राजा महेन्द्रको मृत्युबारे उनले नयाँ पत्रिकाका अर्जुन अधिकारीलाई सुनाएका छन् :

राजा महेन्द्रको मृत्युको विषयलाई लिएर धेरै टीकाटिप्पणी हुने गर्दछ । जति कुरा हुने भए पनि राजा महेन्द्रको मृत्युको प्रमुख कारण हृदयाघात नै हो । त्यतिवेला म राजपरिवारको निजी चिकित्सक थिएँ । विशेष गरी म महेन्द्रकी आमा कान्तीराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य उपचारमा संलग्न हुन्थेँ । कान्तीकोे मुटुरोग विशेषज्ञका रूपमा मैले राजपरिवारका सदस्यको उपचार प्रारम्भ गरेको हुँ ।

रानी कान्ती लागुऔषध दुव्र्यसनी थिइन् । उनलाई लागुऔषध छुटायो भने मुटुमा समस्या हुन्थ्यो । कान्तीराज्यलक्ष्मीदेवीलाई ठूलो प्रयासपछि मैले लागुऔषधको दुव्र्यसनबाट छुटाउन सफल भएँ । त्यसपछि राजा महेन्द्रले पनि मप्रतिको विश्वास उचाइमा पु¥याउनुभयो ।

राजपरिवारमा मेरो लोकप्रियता बढ्दै जाँदा राजा महेन्द्रको स्वास्थ्य हेर्ने जिम्मा पनि मलाई मिल्यो । मैले राजा महेन्द्र, महेन्द्रकी आमा कान्ती, ईश्वरी, राजा वीरेन्द्र, वसुन्धरा शाहसहित राजपरिवारका सदस्यको निजी चिकित्सक भएर काम गरे ।

१ वैशाखमा ०३९ मा मुटु बन्द भएर मृत्युसँग जुधेकी ईश्वरी राज्यलक्ष्मी देवी शाहलाई मैले बचाउन सफल भएँ । तर, महेन्द्रलाई दोस्रो हृदयाघातका वेला बचाउन सकिएन । राजा महेन्द्रको निधन भएपछि ममाथि दर्जनौँ प्रश्नहरू तेर्सिए । तर, जसले जे भने पनि राजा महेन्द्रको हृदयाघातका कारण मृत्यु भएको हो । यसको प्रमाण मसँग छ । त्यतिवेला म हेटौँडामा महेन्द्रकी आमा कान्तिसँग थिए । उनी हेटौँडा जाँदा एकजना डाक्टरसँगै हुन्थे । त्यस समयमा संयोगले म परेको थिएँ ।

त्यो कालो दिन

०२८ साल माघ १६ गतेको दिन, बिहानको ७ बजे अकस्मात् मलाई फोन आयो । त्यो दिन म हेटौडामा थिएं । राजा महेन्द्र अस्वस्थ भएको हुनुपर्छ, मेरो मनमा लागिसकेको थियो । त्यो बिहान मलाई एक प्रकारको छटपटी भइरहेको थियो ।

फोन आएको दुई घन्टापछि मलाई हेटौँडामै जिप लिन आयो । लगत्तै फोन पनि आयो पाण्डेजी, तपाईंलाई लिन जिप पठाइएको छ । तपाईं तुरुन्त आउनुप¥यो भन्ने अर्डर आयो । त्यसवेलाको बाटो निकै खराब थियो । त्यही पनि मलाई जिपमा हालेर दौडाएर दुई घन्टामा राजा महेन्द्र बसेको स्थान भरतपुरको दियालो बंगलामा लगियो ।

 

राजा महेन्द्रलाई हृदयाघात भएको रहेछ । राजाले डाक्टर कहाँ छ भनेर मलाई सम्झेर बसेकाले मलाई यता छटपटी भएको हो कि भन्ने लाग्यो । मेरा आँखा आँसुले भरिए । राजाको हालत निकै खराब थियो । नारायणी नदीको किनारमा राम्रो बंगला बनाएका थिए । त्यहाँ उहाँ सिकार खेल्ने गर्नुहुन्थ्यो । राजा महेन्द्रलाई मनपर्ने ठाउँमध्येको एक थियो दियालो बंगला । उहाँले अघिल्लो दिन दियालो बंगलामा सिकार खेल्नुभएको रहेछ । सिकार खेल्नेक्रममा अचानक हृदयाघात भएकाले उहाँको स्वास्थ्य अवस्था असाध्यै गम्भीर मोडमा पुगिसकेको रहेछ ।

मैले अत्याधुनिक उपकरणहरूको प्रयोग गरी मुटु चलाउने प्रयास निरन्तर जारी राखेँ । त्यसवेला उहाँ मृत्युसँग संघर्ष गरिरहनुभएको थियो । एक घन्टा म छिटो पुगेँ, तर अवस्था निकै गम्भीर भएकाले यसपटक राजालाई बचाउन चान्स निकै कम देखेँ ।

मैले राजाको अवस्था निकै गम्भीर भएको कुरा रानी रत्नराज्यलक्ष्मी शाहलाई जानकारी गराएँ । उहाँ आत्तिँदै अब के गर्ने त ? जे जति सकिन्छ गर भन्नुभयो । राजा महेन्द्र स्वास्थ्य परीक्षणका लागि वर्षमा एकपटक बेलायत जाने गर्नुहुन्थ्यो । त्यसलाई आधार मानेर मैले गम्भीर अवस्थामा पुग्नुभएका राजालाई बचाउन सकिन्छ कि भनेर बेलायतबाट चिकित्सक बोलाउन आग्रह गरेँ ।

हामीले औषधि गर्दै गयौँ । नेपालकै अन्य चिकित्सकहरू पनि उपचारमा संलग्न हुनुभयो । डा. पहाडी पनि आउनुभयो । हामीले तत्काल चिकित्सकको एउटा टिम परिचालन ग¥यौँ । जति गर्दा पनि राजाको तंग्रिने छाँट देखिएन । तंग्रिने छाँट नदेखेपछि मैले रानी रत्नालाई पुनः यथार्थ कुरा फेरि जानकारी गराए ।

बेलायतबाट चिकित्सक आउन पनि १२ घन्टा लाग्छ । भारतबाटै भए पनि राम्रो डाक्टर बोलाउने सल्लाह भएपछि भारतीय राजदूतलाई भनेर त्यहाँको राम्रो मुटुरोग विशेषज्ञलाई बोलाउने निर्णय गरियो । भारतीय राजदूतले तत्काल बोलाएपछि भारतबाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. एमएल भाती राति १० बजे नेपाल आइपुगे । त्यसवेला एयरपोर्ट अन्धकार थियो । त्यस्तो अवस्थामा पनि सफल रूपमा ल्यान्ड गरेर उनी राजाको उपचारमा संलग्न भए । हामीले सकेसम्म बचाउन कोसिस गरेका थियौँ, तर जति कोसिस गरे पनि राजा बचेनन् ।

राजा मा¥यो भन्ने आरोप लाग्यो

राजा महेन्द्रले राति १ बजे संसार छाडेर जानुभयो । उहाँको मृत्यु भएको खबर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा छायो । मृत्युको विषय सबै मेरो थाप्लामा आइलाग्यो । डा. पाण्डेले उपचार गरेन, गलत औषधि खुवाएर मा¥योसमेत भने । एक प्रकारका गिरोहले मेरो बदनाम गर्ने प्रयास गरे । राजाको निधनले म पनि नराम्रोसँग शोकमा डुबेको थिएँ । तर, कुन शक्ति मेरोविरुद्धमा लाग्यो, म चकित परँे । त्यसलगत्तै नयाँ राजा वीरेन्द्रले मलाई बोलाएर बुवा हजुरको निधन खास के कारणले भएको हो ? भनेर सोध्नुभयो । मैले भएका सबै कुरा क्रमैसँग राखेँ । राजा वीरेन्द्र त बुझ्ने मान्छे हो । उहाँले मेरा सबै कुरा सुन्नुभयो । उहाँ बाबुको निधनको शोकमा हुनुहुन्थ्यो ।

मलाई केही आक्षेप लगाउनुभएन । त्यसलगत्तै म दिल्ली गएँ । त्यहाँ रहँदा बेलायतका राजदूतसँग भेट भयो । उनले मलाई डाक्टर सा’ब तपार्इं त भाग्यले बाँच्नुभयो, दरबारमा त राजा महेन्द्रलाई गलत औषधि खुवाएर मारियो भन्ने हल्ला छ त भने । मैले उनलाई भारतीय डाक्टर डा. एमएल भातीलाई सोध्नुस् भनँे । मैले डा. भातीलाई महेन्द्रलाई गरेका सबै उपचारका कुरा राजपरिवारमा सुनाएर आउ भनेँ । उनले गएर राजपरिवारका सबै सदस्यका अगाडि हाम्रो देशको राष्ट्रपतिलाई भए पनि डा. पाण्डे र म भएर जेजति प्रयास ग¥यौँ योभन्दा बढी गर्न सकिने थिएन भने । उनले राजालाई बचाउन हामीले गरेका सबै प्रयासहरू स्पष्टका साथ सुनाए । त्यसपछि राजपरिवार सदस्य साम्य भए । रानीलाई पनि मैले यसपटक महेन्द्र सरकारलाई बचाउन निकै कठिन छ भनेर पहिला नै भनेको थिएँ ।

डेमोक्रेसी नै मारेर मर्न चाहन्नँ

राजा महेन्द्रमा देशका लागि केही गरौँ भन्ने सोच थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘मेरा बाजे, बाबु पनि हृदयाघातले मरे, म पनि बिरामी, हाम्रो खानदान हृदयाघातबाटै ग्रसित छ । अब मैले देशका लागि केही गर्नैपर्छ ।’

उहाँ ‘डेमोक्रासी नै मारेर आफू मर्न चाहन्नँ’ भन्ने गर्नुहुन्थ्यो । तर, उहाँले भनेजस्तो द्रुत गतिमा काम गर्न भने सक्नुभएन । केही प्रयास गर्नुभयो, तर ढिला भयो । संविधान संशोधन गर्नका लागि नयाँ विधान बनाउँदै हुनुहुन्थ्यो । तीनजना विज्ञलाई खाका बनाउन लगाउनुभएको थियो । उनीहरूको नामचाहिँ म भन्न चाहन्नँ । उनीहरूले सबै खाका तयार बनाएपछि विधान परिवर्तन गर्छु भन्ने राजामा थियो ।

संविधान संशोधन पास गर्न नपाई निधन

राजा महेन्द्रले १० माघको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन गर्ने प्रस्ताव राख्नुभएको थियो । भरतपुरमा बैठक धुमधामका साथ चलेको थियो । राजाले जबर्जस्ती पास गराउन खोज्नुभयो, तर अरूले त्यसलाई रोके । पहिलो प्रयास असफल भयो । उहाँ रिसाउँदै आजलाई छोडौँ अर्को हप्ता माघ १६
गतेको मन्त्रिपरिषद् बैठकबाट जसरी पनि पास गराउँछु भन्नुभएको थियो ।

दुर्भाग्यवश त्यही दिन बिहान ७ बजे उहाँलाई हृदयाघात हुन पुग्यो । दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । १० गते पास गर्न सकेको भए उहाँको इतिहास पनि अर्कै हुन्थ्यो । उहाँलाई नयाँ संविधान पास गराएपछि राजकाज छोरालाई जिम्मा लगाएर श्रीमतीका साथ कतै गएर आनन्दले बसौँ भन्ने भएको थियो सायद । उहाँले पहिलो दिन सार्नै हुने थिएन । देश र जनताको हितमा हुने कुरालाई सार्ने काम गर्नु नै उहाँका लागि दुर्भाग्य बन्न पुग्यो ।

रूखमाथि राखेर उपचार

राजा महेन्द्र सुदूरपश्चिमको भ्रमणका क्रममा कञ्चनपुरको जंगलमा सिकार खेल्न जानुभएको थियो । एउटा ठूलो रूखमाथि सिकार गर्ने ठाउँ बनाइएको थियो । सोक्रममा उहाँले बाघलाई बन्दुक हान्दा हृदयाघात भएछ । उपचार गर्न तत्काल म जानुपर्ने भयो । त्यसवेला राति भएकाले महेन्द्रनगर विमानस्थलमा अवतरण गर्ने अवस्था थिएन ।

महेन्द्र सिकार खेल्न घनघोर जंगलभित्र बस्नुभएको थियो । त्यस समयमा पाइलट पाउन निकै कठिन थियो । संयोगवश सोल्टी होटेलको गेटमा दुईजना विदेशी पाइलट फेला परे । उनीहरूकै सहारामा म राजा भएको स्थानमा पुगेँ । एक रात मचानमा नै राखेर इसिजी गरी उपचार गरियो । एक सातापछि अमेरिकाका तत्कालीन राष्ट्रपतिले आफ्नो निजी चिकित्सकलाई नेपाल पठाइदिए । त्यसवेला उहाँलाई बचाउन सफल भएका थियौँ । उहाँको रूखमाथि नै राखेर उपचार गरिएको थियो ।

दोस्रो हृदयाघातलाई जित्न सकेनन्

राजा महेन्द्रकी आमालाई पनि मुटुको समस्या थियो । यो कुरा राजालाई पहिला नै थाहा थियो । उहाँले मेरा सबै परिवार हृदयाघातका कारण मरेका छन् म पनि त्यसकै कारणले मर्छु, धेरै समय बाँच्दिनँ । त्यसैले चाँडै राष्ट्रहितका लागि केही काम गर्न चाहन्छु भन्नुभएको थियो । पहिलो हृदयाघात भएको चार वर्षमा पुनः उहाँलाई दोस्रो हृदयाघात भयो । दोस्रो हृदयाघातलाई भने उहाँले जित्न सक्नुभएन ।

नयाँपत्रिकाबाट

प्रकाशित मिति १७ मङ्सिर २०७४ आइतवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu