सन्नी लियोनीलाई यस बर्ष सबैभन्दा धेरै खोजियो,अरु हिरोइनहरु पछि परे

सन्नी लियोनी यस बर्ष अनलाइन प्लेटफर्ममा सबैभन्दा धेरै खोजी गरिएकी अभिनेत्री बनेकी छिन्।

बलिउडका चर्चित अभिनेत्रीहरु ऐश्वर्या राय बच्चन,प्रियंका चोपडा,दीपिका पादुकोण, कैट्रिना कैफ,दिशा पटानी लगायतका हिरोइनहरुलाई पछि पार्दै सन्नी लियोनीले अत्याधिक खोजी गरिएका अभिनेत्रीहरुको सूचीमा आफ्नो नाम पहिलो नम्बरमा लेखाएकी छिन्।

सन्नी लियोनी पछि अत्याधिक खोजी गरिएका अभिनेत्रीहरुमा कैट्रिना कैफ,ईशा गुप्ता,दिशा पटानी र ममता कुलकर्णीहरु लगायतका नामहरु छन्।

केहि महिना अघि निधन भएका अभिनेता विनोद खन्नालाई मृत्युपछि सबैभन्दा धेरै खोजिएको थियो। विनोद खन्नापछि पुरुष सेलिब्रेटिमा कमेडियन कपिल शर्मालाई धेरै खोजिएको छ।

धेरै खोजी गरिएका अभिनेताको सूचीमा सलमान खान र रजनिकान्त भने धेरै पछाडी परेका छन्।

प्रकाशित मिति : २०७४ मंसिर १८,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu