नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरे धार्मिक युद्ध हुने, हेर्नुस भिडियो

रा.प्र.पालाई पन्चेको पार्टी भनेर भन्ने हो भने कांग्रेसदेखि कम्युनिस्टहरुलाई आतंककारिको पार्टी भनेर किन नभन्ने ?
कांग्रेस सरकारको पालामा ठुला ठुला पुल बनायो भने त्यो पुल के कांग्रेस पार्टीले ससुरालीबाट ल्याएको दाईजोले बनाएको हो ?

बृद्ध भत्ता बाड्ने चलन एमाले सरकारले ल्याएको हो भन्दैमा देसभरिका बृद्ध बृद्धाहरुलाई बृद्ध भत्ता के एमाले पार्टीले आफ्नो गोजी बाट बाँडेको छ ? त्यो जनताको खुन पसिनारुपी करबाट उठाईएको सम्पतिबाट बाँडिएको हैन ?

रा.प्र.पा त पन्चेहरुको पार्टी हो भनेर तपाई कसरी भन्न सक्नु हुन्छ ? २०४६ साल पछी जन्मेका लाखौ नेपालीहरु अहिले रा.प्र.पा को सदस्य भएका छन भने के ति सबै पन्चे हुन ?

२००७ सालको आन्दोलनमा हतियार उठाएको कांग्रेसले हैन ? आफ्नै देशको नागरिकलाई सामन्तीको संज्ञा दिंदै टाउको गिंडन तत्कालिन कम्युनिस्ट पार्टी मालेले सिकाएको हैन ? त्यहि माले अहिले एमाले भएको छ ।

जनयुद्धको नाउँमा भएको ताण्डब नृत्यको बारेमा बयान गर्नु पर्छ ?
२०६४ पछी जन्मेकाहरू पनि अहिले माओबादीका सदस्य भएका छन भने तिनलाई आतंककारी भनेर भन्न पाईन्छ ? भन्न पाईदैन भने रा.प्र.पा लाइ मात्र मण्डले देखि पन्चे भनेर घृणाको शब्दले उच्चारण गर्न पाईन्छ ?

रा.प्र.पा लाई पन्चेको पार्टी हो भनेर भन्ने हो भने कांग्रेसदेखि माले हुँदै एमाले अनि माओबादीलाई आतंककारीको पार्टी  भनेर किन नभन्ने ?

त्यसैले रा.प्र.पा लाई गालि गर्नु भनेको आकाश तिर फर्केर थुक्नु हो ।

हेर्नुहोस रा.प्र.पाको समानुपातिक उम्मदेवार पुष्पराज पुरुषसंगको खरो अन्तर्वार्ता

प्रकाशित मिति १९ मङ्सिर २०७४ मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu