प्यारो साथी शशी कपुरको निधनपछि अमिताभ बच्चनले लेखे -जिन्दगीलाई कहाँसम्म सम्हाल्ने ?

बलिउडका चर्चित अभिनेता शशी कपुरको सोमबार निधन भयो।लामो समयदेखी किड्नीको समस्यासँग जुधिरहेका शशी कपुरको निधनपछि बलिउडका कलाकारहरुले शोक व्यक्त गरिरहेका छन्।

शशी कपुरको निधनको खबरपछि बलिउड महानायक अमिताभ बच्चन श्रद्धान्जली दिन उनको घरमा पुगे। अमिताभले शशी कपुरसँग दिवार,सुहाग,त्रिशुल जस्ता हिट फिल्ममा अभिनय गरेका छन्,उनीहरु दुईबीच राम्रो दोस्ती रहेको थियो।

आफ्ना प्यारा साथी शशी कपुरको निधनपछि अमिताभ बच्चनले रुमी जाफरीको एक पंक्ति लेख्दै आफ्नो ब्लग मार्फत यसरी श्रद्धान्जली दिए – हामी आफ्नो जिन्दगीलाई कहाँसम्म सम्हाल्ने ? यो अमूल्य किताबको कागज खराब थियो ।

आफ्नो ब्लगमा शशी कपुरसँग जोडिएका थुप्रै यादहरु अमिताभले साझा गरेका छन्। जुन उनको ब्लगमा हेर्न सकिन्छ। शशी कपुर र अमिताभ बिच गहिरो दोस्ती थियो,शशी कपुरले अमिताभ बच्चनलाई माया गरेर ‘बबुआ’ भनेर बोलाउथे।

अमिताभ-शशी कपुर अभिनित सुपरहिट ‘दिवार’ फिल्मको डायलग ‘मेरे पास मा हे’ निकै चर्चित फिल्मी डायलग हो। जसलाई अहिलेका नयाँ पुस्ताले समेत मन पराएका छन्।

प्रकाशित मिति : २०७४ मंसिर १९,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu