विदेशिने हरेक नेपालीहरुको कथा र सबैले एकपटक हेर्ने पर्ने भिडियो ‘दले’

आम नेपालीहरुको गरीबी र त्यसले निम्त्याएको बिदेश पलायनको पिडा र त्यसमाथि पनि विभिन्न मेनपावरका दलालहरु ले सोझासाझा जनतालाई ठग्ने प्रवृतिको पीडादायी कथालाई जीवन्त उतारिएको कथा बोकेर आएको छ लघु चलचित्र `दले´। करिब ११ मिनेटको यस चलचित्रमा गाउले परिवेशमा हुर्के का २ अल्लारे केटाको अभिनयलाई च्यानल आई.एम.जी र दि ड्रीमर्स ग्रुपले उतारेको छ।

चर्चित हास्य टेलिशृङ्खला भद्रगोलको सुटिंग स्थल नुवाकोट जिल्लाको मुर्खु भन्ज्याङ र काठमाडौँको बसपार्कमा खिचिएको उक्त लघु चलचित्रले ठग दलालको विश्वास गर्न नहुने र जान चाहेको देश र काम बारेमा सम्पूर्ण जानकारी लिएर मात्र विदेश जानुपर्ने कुरालाई देखाउदै दलाल र झुटा मेनपावरबाट बच्नुपर्छ भन्ने सन्देश यस चलचित्रबाट लिन सकिन्छ।

बढ्दो बेरोजगारी र झुटामेनपावरका शिकार भइ विदेश पलायनबाट बन्चित भएका आम नेपालीको पिडा लाई बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र दले ले नेपाली युवाहरु को मन छुने कुरा चलचित्रका निर्देशक मध्येका एक भिम घिमिरेले बताएका छन् साथै सम्पूर्ण विदेश जान चहाने युवाहरुले एक पटक हेर्नै पर्ने चलचित्र बनेकोकुरा घिमिरेले यस बताएका छन्।

हेर्नुस यो भिडियो

प्रकाशित मिति १९ मङ्सिर २०७४ मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu