थुप्रै सुविधाहरु भएको दुबईको महिला जेल यस्तो छ !

नेपालका जेलहरु देख्नुभएको छ भने तपाईंले कुनैपनी जेलको नाम सुन्ने वित्तिकै दिमाखमा अध्याँरो,फोहर,साँघुरो कोठा भिडभाड यस्तै कुराहरु आउन सक्छ।

तर दुबईको महिला जेलको कुरा अर्कै छ। त्यहाँको जेलको वातावरण फरक र भिन्न छ। त्यहाँ खेल्नको लागी खेलकुद मैदान छ र कोठाहरु सफासुग्घर छन्,२४ सै घण्टा डाक्टरहरु उपलब्ध हुने क्लिनिक पनि छ।

जेलभित्रै सुपरमार्केट पनि छ,जहाँबाट कैदिहरुले आफ्ना लागी चाहिएको सरसामानहरु किन्न सक्छन्।

यो जेल खुल्ला अवधारणा अनुसार बनाईएको हो,जहाँ ताल्चाहरु लगाईएको हुँदैन, कैदीहरु एक- आपसमा गफ गर्न र घुलमिल हुन सक्छन्।

चारसय भन्दा धेरै महिला कैदीहरु रहेको यस जेलमा ४० जति ससाना केटाकेटिहरु समेत रहेका छन्। जेलका अफिसरहरु राम्रा मनका हुन्छन्। कैदीहरुले आफ्नो समस्या खुलस्त सुनाउन सक्छन्।

जेलभित्र सजाय काटिरहेका दुबईका महिलाहरु मात्रै होइन, विदेशी महिलाहरु पनि छन्। जेलका महिला अफिसरहरु हरियो रंगको कपडा लगाउछन् भने महिला कैदीहरु गुलावी रंगको कपडामा हुन्छन् ।

तर विदेशी महिलाहरु जो यहाँको जेलमा कैदी जिवन बिताएर बाहिरिए उनीहरु यहाँको बारेमा अलग्गै कुरा बताउँछन्।बाहिरबाट देखिए र सुनिए जस्तो जेलको हालत नभएको र जेल प्रसासनले दावी गरिएको अनुसार सुविधा लगायत खुल्लापन नभएको दावी गर्छन्।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७४ मंसिर १९,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu