जसले गाली गरे निरंकुश भने पनि राजा महेन्द्रले बनाएको फाउन्डेसनमा नेपाल टिकेको हो- स्व:कीर्तिनिधि विष्ट

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । पञ्चायत कालमा तीनपटक प्रधानमन्त्री र ०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता लिएपछि मन्त्रिपरिषद् उपाध्यक्ष भएका विष्टले नेपालमा भारतीय हस्तक्षेप कम गर्न र चीनसँग सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालको उत्तरी सीमाका १८ स्थानमा रहेका भारतीय सैन्य चेकपोस्ट हटाएको श्रेय समेत उनलाई दिने गरिएको छ । करिब डेढ वर्षअघि उनै विष्टसँग नागरिक दैनिकका वसन्त खड्काले लिएको अन्तर्वार्ता:

तपाईंको विचारमा नेपालमा विदेशी प्रभाव कहिलेदेखि बढ्न थाल्यो ?
२००७ सालको क्रान्तिपछि भारतीय प्रभाव यति धेरै बढ्न थाल्यो कि नेपालको कुनै पनि इन्टर्नल मामिला, सरकारदेखि अन्य क्षेत्रमा उसको प्रभाव र दबाब बढ्दै गयो । सबैभन्दा पहिले उनीहरू ००७ सालको क्रान्तिपछि किङ त्रिभुवनको सल्लाकार भएर आए । त्यस्तै, अरु १० वटा क्षेत्रमा विशेषज्ञ सल्लाह दिन भनेर आए । यस किसिमले नेपालमाथिको प्रभाव बढ्न थालेको इतिहास साक्षी छ । त्यसै बखत भारतको मिलिटरी मिसन नेपाल आयो । त्यो पाटनमै थियो । त्यो मिलिटिरी मिसनको साथसाथै भारतीय प्रभाव बढाउनका लागि उत्तरी सीमामा चेकपोस्ट राखियो । त्यो कुरा जनतालाई मनपरेको थिएन । मिलिटिरी मिसन  आएर ४–६ महिना शिक्षादीक्षा दिनेभन्दा पनि पर्मानेन्ट्ली बस्ने किसिमको टेन्डेन्सी देखियो । काम नभए पनि त्यहाँ बसिरहने प्रवृत्ति देखियो । मिलिटिरी मिसन बसेको भन्नु नै नेपालको स्वाभिमानमाथि अनास्था प्रकट गर्नुबाहेक अरु कुरा थिएन ।

नेपालमा रहेका भारतीय सैन्य चेकपोस्ट हटोस् भन्ने चाहना तपाईंको मात्र थियो कि त्यसबेलाका अन्य राजनीतिक नेतृत्वलाई पनि महसुस भएको थियो ?
मभन्दा अगाडिका प्रधानमन्त्रीहरू पनि त्यही चाहन्थे । भारतीय सैन्य मिसन र चेकपोस्ट हटोस् भन्ने मेरो मात्र चाहना थिएन । नेपालको स्वाभिमान र राष्ट्रियता उच्च होस्, नेपालको स्वतन्त्रता कायम होस्, नेपाल आफ्नै तरिकाले प्रगति गरोस्, कुनै बाह्य हस्तक्षेप नहोस् भन्ने सबै चाहन्थे । तर, त्यस बखत त्यो काम हुन सकेन । किन हुन सकेन त्यो अर्कै कुरा हो । त्यतिबेला टंकप्रसाद आचार्यले पनि नेपालको प्रजातन्त्रका लागि सुरुमै आफ्नो सम्पूर्ण कुरा लगाएर त्रिभुवनसँग मिलेर क्रान्ति ल्याउन ठूलो योगदान दिएका थिए । उनी पनि मिलिटरी मिसन रहोस् भन्ने चाहँदैनथे । इभन बिपी पनि चाहँदैनथे । मभन्दा पहिले अरु जति प्रधानमन्त्री भए, उनीहरू पनि चाहँदैनथे । नेपाली जनता पनि चाहँदैनथे र त्यसबखतका सम्पूर्ण नेता पनि चाहँदैनथे । तर, त्यो मिसन गएन ।

तपार्इंले हटाउन सक्ने अरुले नसक्ने त्यस्तो के कारण थियो ?  
मानिसले अनेक दृष्टिबाट हेर्छन्, कोही सकारात्मक हुन्छन् भने कोही नकारात्मक । कतिपयले त्यसलाई मैत्रीभावले हेरे भने कतिपयले गलत हो भन्ने हिसाबले पनि हेरे । सबै मानिसले एकै किसिमले हेर्छन् भन्ने छैन र अहिले पनि त्यस्तो हुँदैन । मैले आफ्नो स्वार्थ राखिनँ, किङ महेन्द्रले प्रधानमन्त्री नियुक्त गरेपछि केही न केही आफ्नो कुरा पनि त गर्नुप¥यो ।  जिम्मेवारी थियो, यो होइन कि अरुको काँधमा जिम्मेवारी थिएन । पूर्वप्रधानमन्त्रीको काँधमा पनि जिम्मेवारी थियो । तर, मैले मेरो पालामा गरेँ ।

जब तपाईंले चेकपोस्ट र मिलिटिरी मिसन हटाउने निर्णय गर्नुभयो, त्यतिबेला दबाब त आयो होला ?  
दबाब भन्या के,  जसले दबाब नै सहँदैन, त्यसलाई कसरी दबाब आउनु रु म दबाबमा पर्ने मान्छे भए पो दबाब आउनु । म राष्ट्रका लागि भनेर उभिएको हो । त्यसमा कुनै कम्प्रोमाइज हुन सक्दैन भनेर अघि बढेपछि त्यस्ता कुनै दबाब आउने कुरै भएन । जब म प्रधानमन्त्री भएँ, त्यतिबेला कस्ताकस्ता काम गरेँ, कस्ता अडान लिएँ भन्ने कुरा तपाईं आफैँ विश्लेषण गर्नुस् । मैले गरेका कुरा लिखित रूपमै छन्, भलै अहिले कागज हराएका होलान् ।

जब राष्ट्रले एउटा निर्णय लिन्छ, म त्यतिबेलाको प्रधानमन्त्री, मलाई राजा महेन्द्रको पूरा ब्याकिङ थियो । राजा महेन्द्र पनि त्यही चाहन्थे । उनका पालामा म प्रधानमन्त्री भएपछि मैले आँट गरेँ । मेरो अध्ययन, विश्लेषण र ध्यानले समेत यो समयमा यस्तो निर्णय गरेँ भने सैन्य मिसन र चेकपोस्ट हट्छ भन्ने आत्मविश्वास भएपछि निर्णय गरेको हुँ । त्यो पनि फ्याक्ट्स एन्ड फिगर्समा । त्यसबेला अमेरिका र रसिया सुपरपावर थिए । त्यो परिस्थिति समेत हेरेर एउटा सामूहिक अडान लिएर अगाडि बढेको हुँ ।

जसले गर्दा सफलता प्राप्त भयो । त्यतिबेला मिसेस गान्धीले तपाईंले कुरा मिलाएर ग¥या भए पनि त हुन्थ्यो, किन पब्लिक्ली निर्णय गर्नुभयो भनेर प्रश्न गर्नुभएको थियो । मैले भनेँ, ‘त्यसमा धन्दा नमान्नुस्, जो मैले ग¥या छु, नेपाल र भारतको सम्बन्ध अझ विस्तार होस्, अझ फैलियोस्, दुवै देशलाई फाइदा होस् भन्ने हिसाबले गरेको हो । जति पनि इरिट्यान्स छन्, त्यसलाई रिमुभ ग¥यो भने बाटो खुल्छ भनेर मेरो विश्वासका साथ तपाईंहरूलाई नोक्सान गर्न होइन, एउटा स्वतन्त्र राष्ट्रमा जनताले नचाहेको कुरा थोपर्नु तपाईंलाई पनि फाइदाजनक हुँदैन भनेर सम्बन्ध सुधारका लागि नयाँ युग खडा गर्दै निर्णय ग¥या हो ।’ उहाँको भित्री मनमा के थियो, तर मेरो जवाफपछि केही बोल्नुभएन ।

म कसैको दबाबमा पर्ने मान्छे होइन । म यहाँ जसरी बस्छु, मेरो त केही छैन, जनतासरह म छु । सर्वसाधारण जनताजस्तै म पनि एक हुँ । मलाई कुनै डर छैन, त्रास छैन । म सधैँ बाटोमा लाठी लिएर हिड्थेँ । तपाईंहरू सबैले देख्नुभएकै कुरा हो । कुनै रातमा पनि म एक्लै हिँड्थेँ । बिहान पनि एक्लै हिँड्थेँ । मलाई कसैले मार्छ, कसैले काट्छ, कसैले लुट्छ भन्ने कुनै डर, त्रास छैन र थिएन । अहिले पनि जस्ताको त्यस्तै छु । त्यसमा कुनै अन्तर छैन हेर्नुस् । क्यारेक्टर र मान्छेको पर्सनल नेटिभ भनेको सुरुदेखि नै बन्दै आउने कुरा हो ।

त्रिभुवनका पालामा ह्वात्तै बढेको भारतीय हस्तक्षेप महेन्द्रका पालामा न्यून गर्न कसरी सम्भव भयो ?
राजा महेन्द्र साँच्चिकै देशभक्त थिए, त्यसमा कुनै सन्देह छैन । हृदयघात भएपछि मृत्युको अन्तिम घडीमा प्राण त्याग्नुभन्दा पहिले राजा महेन्द्रले मसँग भनेका थिए, ‘कीर्तिनिधि म मरे पनि मेरो देश बाँचोस्’ म त्यो कुरा अहिले पनि सम्झन्छु, राजाले जोसुकैको बाह्य प्रभावको मतलब नराखी स्वाभिमान भएर राष्ट्रिय गौरवलाई माथि उठाउने काम गरे । यो सम्पूर्ण जनताको चाहना हो । जसलाई प्रतिनिधित्व गर्दै राजा महेन्द्रले त्यो आँट गरे । राजा महेन्द्रले नेपालको इतिहासमा नयाँ अध्यायको सुरुवात गरे । आज त्यो कुरालाई सबैले मानेका छन् । अहिले पनि उनको कामलाई एक्नलेज गरेका छन् । त्यसरी राजा महेन्द्रका पालामा नेपालको नयाँ अध्याय सुरु गरेर नेपाललाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउने प्रयास भएको थियो । एउटा स्वतन्त्र मुुलुकलाई कूटनीतिक सम्बन्ध कायम गर्न बाह्य दबाब आउने अवस्था थियो । किङ महेन्द्रका पालामा जसरी सुरुवात भयो, आजको फाउन्डेसन नै त्यही हो । राजा महेन्द्रलाई जसले गाली गरे पनि अटोक्र्याट्स भने पनि उनैले बनाएको फाउन्डेसनमा नेपाल आज पनि टिकेको छ ।

तपाईंलाई प्रो–चाइनिजको आरोप पनि लाग्ने गरेको छ नि ?
मैले चीनसँगको सम्बन्धका विषयमा पटकपटक भन्दै आएको छु र अहिले पनि भन्छु, त्यसैले  कतिपयले मलाई प्रो–चाइनिज समेत भन्छन् । तर, म प्रो–चाइनिज नभएर प्रो–नेपाल हुँ । चाइनासँग नेपालको सम्बन्ध अपरिहार्य छ । जियोग्राफीले नै यस्तो ग¥या छ । नेचुरल कुरा, जियोग्राफिकल कुरा तपाईंले ‘विस’ गरेर जाने कुरा हो र रु अहिले चाइना सर्वश्रेष्ठ र अमेरिकालाई समेत उछिन्ने अवस्थामा पुगेको छ । त्यस्तो मुलुक हाम्रो छिमेकमा जोडिएको छ ।

तपाईंले भनेजस्तो चीनसँगको सम्बन्ध विस्तार हुन त सकिरहेको छैन नि ?
त्यसका लागि आँट हुनुपर्छ । आँट नभएको भए मिलिट्री मिसन र चेकपोस्ट हट्थ्यो रु हामी त लड्यौँ नि, मेरै पालामा । हुन त आफ्नै प्रशंसा गर्नु बेकारको कुरा हो । भारतमा मुरारजी देसाई प्रधानमन्त्री हुँदा नेपालमा पहिलोपटक वाणिज्य र पारवहन, सम्झौता गरेको हुँ । त्यसभन्दा पहिले भूपरिवेष्ठित मुलुकले पारवहन अधिकार पाउनुपर्छ भनेर बुद्धिजीवीले आवाज उठाइरहन्थे तर पहिलोपटक मेरै पालामा त्यो सम्झौता भएको हो । मैले गरेका काममा त्रुटि छन् भने देखाइदिनुस् । राम्रो काम भएका छन् भने त्यसबारे प्रंशसा गर्नुस् । सम्बन्ध विस्तारका लागि चाइना तयार छ, मलाई थाहा छ । तर, आँट चाहियो ।

चीनसँग सम्बन्ध विस्तारका लागि भारतसँग किन डराउने रु यसबाट भारतलाई पनि फाइदा हुन्छ । मैले इन्दिरा गान्धीसँग पनि भनेको थिएँ, ‘चाइनासँग नेपालको सम्बन्धले तपाईंलाई पनि फाइदा गर्छ । तपाईं कति दिन, कति वर्ष तपाईंजस्तै, तपार्इंभन्दा ठूलो, तपाईंको भन्दा धेरै जनसंख्या, रिसोर्सका हिसाबले पनि तपाईंभन्दा अगाडि रहेको मुलुकसँग दुस्मनी गरेर बस्नुहुन्छ रु त्यस्तो नसोच्नुस्, मिलाउनुस्, हामी त्यही गर्दै छौँ ।’

हामी इन्डियासँग झगडा गर्न खोज्या हो र रु हामी इन्डियासँग पनि मिल्न खोजेका छौँ तर त्यो नेपालको नेसनल इन्टे«स्टअनुसार हुनुपर्छ । नेपालको स्वतन्त्रता, अखण्डता र  इतिहासलाई काटेर त सम्बन्ध बढाउन सकिँदैन नि ।  नेपाली जनताको उद्धार गर्नु जनताप्रतिको  जवाफदेहिता हो ।

बुँदागत रुपमा भन्नुप¥यो भने चीनसँगको सम्बन्ध विस्तारमा के के सुझाव दिनुहुन्छ ?
चाइनालाई ठुल्ठूला प्रोजेक्टमा सहभागी गराऊ, जस्तो बिजुली भारतलाई मात्र नदेऊ । मैले भन्ने गरेको छु, भारतले नेपालको सप्पै पानी खान खोजेको छ । मैले त्यसै भनेको छैन, पानी नेपालको बहुमूल्य वस्तु हो । यसैले नेपाललाई सम्पन्नतातिर लैजान्छ । त्यसैले पानी बग्या छ भनेर त्यसलाई सामान्य रूपमा लिनु हुँदैन । यसको सदुपयोग गर्नुपर्छ । कर्णाली सम्झौता हुँदा म सडकमा उत्रिएको थिएँ । प्रहरीले १२ घन्टा थुनेको थियो । देउवाको पालामा गरिएको उक्त सम्झौता नेपाललाई नै नोक्सानी हुने गरी गरियो । आफ्नो पानी प्रयोग गर्न पाउने त सार्वभौम नेपालको अधिकार हो नि रु त्यसैले आफ्नो स्रोत–साधनलाई मनपरी खेलबाड गर्नु हुँदैन । यसलाई बचाउनुपर्छ, संरक्षण र विकास गर्नुपर्छ । अहिले पनि म सप्तकोसीको बराबर कुरा गरिरहन्छु– खबरदार १ गण्डकी, कर्णाली गइसक्यो, बाँकीमा होसियार हुनुपर्छ ।
इन्डियनलाई विश्वास दिलाउन सक्नुपर्छ, मनपरी दबाबमा आएर काम गर्नु हुँदैन बरु मर्न तयार हुनुपर्छ । मुलुकभन्दा ठूलो व्यक्ति हुन सक्दैन । जन्मिएपछि मर्नु स्वाभाविक हो । तर, नेपाली भएर बाँच्न सिक्नुपर्छ । शिर ठाडो गरेर गर्वका साथ विश्वमा नेपाल स्वतन्त्र र समुन्नत राष्ट्रका रूपमा स्थापित हुनुपर्छ । म भन्छु, नेपाल जतिको समृद्धशाली मुलुक यो क्षेत्रमा कुनै पनि हुन सक्दैन ।  स्रोत र साधनले भरिपूर्ण नेपाल आज दुर्गतिमा छ, धिक्कार छ हाम्रा नेतालाई ।

तपाईंको अनुभवमा अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकले कहिले निकास पाउला ?
नेपालले अझै धेरै दुःख पाउँछ । तथापि सधैँ यस्तो अवस्था हुँदैन, अहिले जनता सुतेर बसेका छन् । तर, जनता सधैँ चुप लागेर बस्दैनन् । जनताले जुन किसिमको दुःख–पीडा, आत्मग्लानि र राष्ट्रको जुन ग्लानि भइराख्या छ, त्यो हेर्दाखेरी जनता चुप लागेर बस्दैनन् । मैले आफ्नो आर्टिकलमा पनि गोर्खालीहरू चुप लागेर बस्लान् रु भनेर लेखेको थिएँ । भोलि इन्डियामा रिपोर्ट गर्छन् नेपालीले । नेपाल नै यस्तो देश हुन्छ, जहाँ भारतलाई प्रत्यक्ष आघात पर्ने कुरा यहीँबाट हुन्छ । नेपालमा एक्ट्रिमिजम् यति अगाडि जान्छ, भोलि मार्ने काट्ने भन्ने कुरा मामुली हुन्छ । टेरोरिस्टको अखडा हुन्छ, कसैले रोक्न सक्छ रु गोर्खालीहरू चुप लागेर बस्छन् रु अहिले नेपालमा अराजकताको पराकाष्ठा छ । तर, एक दिन गएर रिअलाइजेसन हुन्छ । सबै नेपाली मिल्नुपर्छ र मिल्छन् । त्यसपछि एक भएर जानुको विकल्प हुँदैन ।

पछिल्लो समय नेपाली नेतृत्वमा विदेशी स्वार्थ हाबी भइरहेको आरोप लाग्ने गरेको छ, यसमा के भन्नुहुन्छ ? 

सत्य हो, सबैलाई थाहा भएको कुरा हो । तर, त्यस्ता व्यक्तिलाई देशभक्त मिलेर प्रतिकार गर्न सक्नुपर्छ । सिक्किममा लेन्डुप दोर्जेले जस्तो नेपाली नेताले गर्नु हुँदैन भनेर मैले भन्दै आएको छु । नेपाली नेताले यस्तो कुरालाई समयमै नसोचेमा सिक्किमका लेन्डुपले जस्तै नियति नेपाली नेताले भोग्नुपर्ने अवस्था आउन सक्छ ।

सिंहदरबारको आगलागीसँग जोडेर र आर्थिक पारदर्शिताका विषयमा तपाईंलाई नैतिकवान् नेता भन्नेहरू धेरै छन्, किन त्यस्तो भनिएको होला ?

हेर्नुस्, आर्थिक पारदर्शिताको कुरा गर्दा मैले अनावश्यक रूपमा कसैसँग भेट्ने वा फाइदा लिने काम गरिनँ । व्यक्तिगत फाइदाका लागि उद्योगी, व्यापारीसँग कहिल्यै भेटिनँ, मुलुकको हितका लागि काम गर्नुबाहेक कसैसँग भेटघाट गरिनँ । नेतृत्व लिने व्यक्तिमा जिम्मेवारी पनि हुनुपर्छ । त्यो कतिमा छ, मैले भन्ने कुरा होइन । मैले सिंहदरबारमा आगो लाग्दा राजासामु गएर राजीनामा किन दिएँ रु एउटा मोरल र रेस्पोन्सिबिलिटी भन्ने पनि हुन्छ नि । म आगलागीमा सीधै सहभागी भएको व्यक्ति त होइन नि रु प्रधानमन्त्री भए पनि म सुतिरहेका बखतमा आगो लागेको थियो । तर, मैले राजीनामा दिएँ । मैले राजीनामा दिएका बेला किङ वीरेन्द्रले तिमी सुतेका बेला आगो लाग्यो, तिम्रो के दोष रु राजीनामा नदेऊ भन्दा पनि ‘माफ गर्नुस्, मैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ भनेर भनेँ । मेरो पालामा भएको घटनाको जिम्मेवारी मैले लिनुपर्छ भनेरै राजीनामा दिएको हुँ ।

त्यतिबेला राजाले तीनपटकसम्म राजीनामा तिमीसँगै राख भन्दा पनि नमानेर बुझाएको हुँ । त्यतिबेला मसँग केही थिएन, एउटा गाई थियो, त्यही लिएर आफ्नो घरमा आएँ । त्यतिबेला म आफैँ दूध दुहुने तथा बालबच्चालाई खुवाउने गर्थें । आफैँ गाई हेर्थें । पछि शारीरिक रूपमा कमजोर भएपछि मात्र छाडेको हुँ ।

अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको खडेरी छ । पारदर्शी हुन कुनै गाह्रो विषय होइन, मनसा, वाचा र कर्मणाले यसमा सहभागी नहुने मान्छे त त्यसै पारदर्शी हुन्छ नि । आफूले सक्दो र थोरै भए पनि देशका लागि केही गरियो भने देशलाई सानो दुःख पर्दा पनि दुःख अनुभूति हुन्छ । नेतृत्व लिनेको जिम्मेवारी बढी हुन्छ । अन्याय अत्याचारविरुद्ध टुलुटुलु हेरेर बस्नु हुँदैन । अहिले नेपाली जनता पनि सुतेका छन् । तर, एकदिन हेर्नुहोला, नेपाली उठ्छन् । त्यतिबेलाको अवस्था निकै खतरनाक हुन्छ ।

तपार्इंले आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?  

मैले सुरुदेखि भन्दै आएको कुरा, जनताले हेरून्, जनताले एस्सेस गरून्, को मान्छेको पालामा कति भ्रष्टाचार भयो वा के भयो रु त्यो स्वयं संलग्न थियो कि थिएन रु यो त मान्छेले पत्ता लगाएर अनुसन्धान गरेर हरेक ढंगले उसको डिटेल हेरेर भन्नुपर्छ । यो मैले भन्ने कुरा त होइन नि रु त्यो जनताले गर्ने हो । तपाईं किन आउनुभो रु म एउटा कुनामा बसेको मान्छेको केही अर्थ छैन । अहिले बूढो भए पनि कुनै बखतमा केही गरेर देखाएका थिए यिनले भन्ने कुरा सुन्नुभो र आउनुभो । मैले आफ्नोबारे आफैँले मूल्यांकन गर्न हुन्छ रु ‘सेल्फ प्रेज इज नो रिकमेन्ड’ । मैले के गरेँ भन्ने कुरा इतिहास साक्षी छ, जनता साक्षी छन् । मैले कसरी सार्वजनिक रूपमा आएर मिलिट्री मिसन र चेकपोस्ट हटाउनुपर्छ भनेर स्टेटमेन्ट दिएँ रु
१९५० को ट्रिटी पनि काम नलाग्ने थियो, १९६५ को सैन्य सम्झौता पनि खतम भइसकेको थियो । त्यतिबेला मैले के भनेको थिएँ भन्ने कुरा त्यतिबेलाकै अखबार राइजिङ नेपाल पढ्नुुस् न । त्यो आँटले, आसले र विश्वासले आएको हो । मुलुकमा त्यो गर्नुपर्छ भन्ने अनुभूति भो । आखिर जिम्मेवारी लिएपछि त केही न केही जनताको कुरा गर्नुप¥यो नि रु

अहिलेको राजनीतिक नेतृत्वलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ ?
अहिले पनि जनता पहिलेकै जस्तो काम होस् भन्ने पक्कै पनि चाहन्छन् । किनभने एउटा शक्तिशाली, आत्मविश्वासी, स्वाभिमानी र अडान भएको नेताको अभाव भएका बेला यस्ता कुरा जनताको मनमा आउनु स्वाभाविकै हो । तर अहिलेका नेता किन यस्ता भए, किन आँट गर्न सक्दैनन् रु किन आफ्नो राष्ट्रका लागि मर्न सक्दैनन् रु किन अडान लिन सक्दैनन् रु यस्ता विषयले जनतालाई पिरोल्ने गरेको छ ।

नागरिकन्युजबाट

प्रकाशित मिति १९ मङ्सिर २०७४ मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu