ह्रदयघात के-हो यसबाट कसरी बच्ने ? मुटुरोग बारे उपयोगी जानकारी (भिडियो सहित)

पहिला- पहिला चालीस बर्ष कटेपछि मुटुरोग,मधुमेह र ह्रदयघातको समस्या देखापर्थ्यो। शरीरमा बुढ्यौलीले छुदै गएपछि शरीरका अंग-प्रत्यंग जिर्ण बन्दै जाने र अनेक रोगले आक्रमण गर्दैं जाने भएकाले रोगहरु लाग्दै जाने हो।

तर अहिले वाल्यकालदेखी नै मुटुरोग,मधुमेह र हृदयघातको समस्या देखापर्न थालेको छ। राती सुतेको मानिस सुतेको- सुत्यै हुने घटना बढ्न थालेको छ र गाडी चलाउँदा- चलाउँदै पनि मानिसलाई ह्रदयघात भएको पाईएको छ।

यसरी केहि सेकेण्डको अवधिमा मानिसको मृत्यु हुन थालेपछि ह्रदयघातबाट मानिसहरु भयभित भएका छन्।

परिवर्तित जिवनशैली,खानपानमा आएको परिवर्तन, धुम्रपान,मध्यपान र लागु ओषधको सेवनको साथैं बढ्दो तनावका कारण ह्रदयघात हुनसक्ने चिकित्सकहरु बताउँछन्।

आजभोली मानिसहरु केहि मात्रामा सचेत भएपनी ह्रदयघात कम भएको छैन।

ह्रदयघात कसरी हुन्छ र यसबाट कसरी बच्ने भन्ने बारेमा सिभिल अस्पताल काठमाडौंका मुटुरोग विशेषज्ञ डाक्टर कमल लम्साल यसो भन्छन्:

ह्रदयघात बिशेष गरेर ५०-६० बर्ष उमेरका मानिसहरुमा बढि देखिन्छ।त्यसमा पनि जो पहिल्यै देखी मधुमेह (डाइबेटिस) रक्तचापको रोगी,धेरै मोटोपना भएकाहरु,धुम्रपान गर्ने र कम शाररीक अभ्यास गर्नेहरुलाइ धेरै हुन्छ। तर अहिले २०-२५ बर्षको उमेरमै पनि ह्रदयघात हुने गरेको छ।

बोसो र बोसो जन्य पदार्थहरु मुटुको धमनीहरुमा जमेर एक्कासी बन्द ( ब्लक) भएपछि मुटुका केहि खण्डरले काम नगर्ने र रगत पम्प गर्न नसक्ने त्यसपछि मुटुको चाल अनियन्त्रित र अनियमित हुन्छ र यस्तो अवस्थामा मानिसको मृत्यु हुन्छ। मुटुको धमनीमा बोसो जम्नुको मुख्य कारण भनेको रगतमै कोलेस्टोर र बोसोजन्य पदार्थको मात्रा बढि हुनु हो।अत्याधिक धुम्रपान गर्ने र मधुमेहको रोगीलाई यस्तो हुने धेरै सम्भावना हुन्छ।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७४ मंसिर २०,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu