कञ्चनपुरको बेल्डाँडीमा १०१ र ९४ वर्षिय बृद्धद्वारा मतदान

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक सय एक वर्षिय बृद्धले मतदान गरेका छन् । बेल्डाँडी गाउँपालिका–१ का एक सय एक वर्षि बृद्ध सन्तबीर शाहले मतदान गरेका हुन् ।

शाहले नाती धिरेन्द्र शाहको सहयोगमा कालिका आधारभूत विद्यालय मतदान स्थलमा मतदान गरेको बताइएको छ । उक्त मतदान स्थलमा ५१ वर्षिय गोपाल चन्दले पहिलो मत खसालेका थिए । सोही मतदान स्थलमा ९४ वर्षिय बृद्ध भाने भट्टले दोस्रो मतपत्रमा मतदान गरेका छन् ।

कालिका आधारभूत विद्यालय मतदान स्थलमा निर्धारित समय भन्दा ५५ मिनेट ढिलो गरी सुरु भएको थियो । उक्त मतदान स्थलमा २९ सय ८५ मतदाता रहेका छन् ।-बाह्रखरीबाट

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu