बालकोटमा वाम गठबन्धनका कार्यकर्ताले कांग्रेस नेता कार्कीको घरमा तोडफोड गरे

काठमाडौं । भक्तपुरको बालकोटमा वाम गठबन्धन कार्यकर्ताले कांग्रेस नेता विष्णु कार्कीको घरमा तोडफोड गरेका छन् । भक्तपुर क्षेत्र नम्बर २ कांग्रेस निर्वाचन प्रचार समितिका संयोजकसमेत रहेका कार्कीको घरमा तोडफोड गर्न खोज्दा दुई दलका कार्यकर्ताबीच झडप भएको थियो ।

फाइल तस्वीर

गठबन्धनको टोलीले आफ्नो घरमा आक्रमण गरेको कार्कीले बताए । आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते तीनैजनाको ठिमी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu