गगन थापालाई लक्षित गरी बम विष्फोट गराउनेहरु हतियारसहित पक्राउ परे

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा विप्लप समूहका युवा दस्ता इञ्जार्च रवि गोलेसहित ६ जना छन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu