प्रियंका चोपडा एसियाकै सेक्सी महिला,दोस्रोमा भारतकै निया शर्मा

बलिउडककी देशी गर्ल प्रियंका चोपडाले एसियाकै सेक्सी महिलाको  उपाधी जितेकी छन्।३५ बर्षकी  प्रियंकाले हलिउडमा समेत आफ्नो अभिनयको जादु देखाईसकेकी छिन्।

बेलायतको चर्चित  साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले गरेको एक सर्वेक्षण ‘५० सेक्सिएस्ट एशियन वुमेन’ मा प्रियंका चोपडा पहिला नम्बरमा परिन्।

भारतकै सानो पर्दाकी अभिनेत्री ‘निया शर्मा’ दोस्रो नम्बर र दिपिका पादुकोण तेस्रोमा परिन्।

दोस्रो नम्बरमा परेकी २७ बर्षीया निया शर्माले आफ्नो क्यारियरको शुरुवात स्टार प्लसको शो ‘ एक हजारों में मेरी बहना है बाट गरेकी थिइन्।

निया शर्मा सामाजिक संजालमा एकदमै प्रख्यात छिन्। उनको इन्स्टाग्राममा १.५ मिलियन फ्लोअर्स छन्। नियाको हरेक फोटोशुट धेरै चर्चाको बिषय बन्ने गरेको छ।टिभी सिरियलमा साधारण देखिने निया ग्ल्यामरस लाईफमा अत्यन्तै प्रख्यात छिन्।

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu