गजल- गाई मारी गधा पोस्ने हामीसँगै छन् नि !

लीलाराज दाहाल

 

गाई मारी गधा पोस्ने हामीसँगै छन् नि !
खान लाग्या गाँस खोस्ने हामीसँगै छन् नि !

बाचुन्जेल पराई ठानी तिरष्कार गरे पनि
मर्दा रुँदै आगो झोस्ने हामीसँगै छन् नि !

बलेको त्यो आगो माथि पानी खन्याएर
निभेको अगुल्टो ठोस्ने हामीसँगै छन् नि !

कसरी ती निमुखाले न्याय पाउलान् हरे
श्रम, सीप, रगत सोस्ने हामीसँगै छन् नि !

बागमती ११,कर्मैया, सर्लाही

प्रकाशित मिति :२०७४ पुष १५ शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu