इजरायलमा श्रीस्वस्थानी फूलपाती बिसर्जन तथा महाशिवरात्रि कार्यक्रमको तयारी पुरा

प्रवास भुमि इजरायलमा हरेक बर्ष झैँ यो बर्ष पनि हिन्दु जागरण इजरायलले श्रीस्वस्थानी ब्रत कथा र महाशिवरात्रीको उपलक्ष्यमा बिशेष धार्मिक कार्यक्रम आयोजना गर्दै छ जसको तयारी अन्तिम चरणमा पुगेको हिन्दु जागरण नेपाल ,इजरायलकि अध्यक्ष सुमित्रा आचार्य भण्डारीले बताएकि छिन् । ख्यातिप्राप्त गुरु माता भगवतवाचिका राधिका दासजीको प्रमुख आथित्यमा सुसम्पन हुने उक्त श्रीस्वस्थानी फूलपाती बिसर्जन तथा महाशिबरात्री पुजा सदा बर्ष झैँ भव्यताका मनाइने जानकारी हिन्दु जागरण इजरायलले जनाएको छ । ‘धर्मद्वारा समाजको रुपान्तरण गर्दै धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान’ भन्ने मूल नाराका साथ धर्म परिवर्तनमा रोक लगाउने बिशेष महाअभियानका साथ आगाडी बढिरहेको हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी १६ फेब्रुअरी २०१८ शुक्रबारका दिन उक्त धार्मिक कार्य हुने जनाएको छ ।

हिन्दु जागरण नेपाल अभियान इजरायलको निमन्त्रणालाई स्वीकार गर्दै नेपालमा ख्यातिप्राप्त गुरु माता भगवतवाचिका राधिका दासजीको उपस्थितिमा बृहत आध्यात्मिक प्रवचनमा सहभागी भै आध्यात्मिक लाभ लिनको लागि इजरायलबासी सम्पूर्णहरु नेपालीहरुमा हिन्दु जागरण इजरायलकि अध्यक्ष सुमित्रा आचार्य भण्डारीले अपिल गरेकी छिन ।

धार्मिक कार्यक्रमको भोलि पल्ट शनिवार १७ फेब्रुअरी गुरुमाता राधिका दासजीको साथमा इजरायलको रमणीयस्थल मृतसागर साथै अन्य मनोरञ्जनात्मक स्थलको भ्रमण राखिएको हुनाले भ्रमण प्रेमीलाई हिन्दु जागरण नेपाल अभियान इजरायलले चालेको धार्मिक र आध्यात्मिक पईलाहरुमा साथ र सहयोग गरि कार्यक्रम सफल पार्न लागि हार्दिक अनुरोध पनि गरेकी छिन ।

हिन्दु जागरण अभियान इजरायलबाट प्राप्त सुचना यस्तो छ

श्री स्वस्थानी फूलपाती बिसर्जन तथा महा-शिवरात्रि कार्यक्रमको तयारी अन्तिम चरणमा
“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ धर्म रक्षार्थ बिशेष महाअभियानका साथ आगाडि बढिरहेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले श्री स्वस्थानी साङ्गे तथा महा-शिवरात्रि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

आगामी १६ फेब्रुअरी २०१८ शुक्रबारका दिन नेपालबाट बिशेष आमन्त्रित गुरुमाता भागवत वाचिका राधिका दासजीको उपस्थितिमा हुन गइरहेको उक्त कार्यक्रमको सम्पूर्ण पूर्व-तयारी सकिएको र कार्यक्रम हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने बृहत धार्मिक प्रवचन भएकोले इजरायलबासि सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाई तथा बिभिन्न धर्मालम्बीहरु हिन्दु, बौद्ध, किराँत, बोम्पो जो कोहीले पनि आध्यात्मिक लाभ लिन सकिने आयोजकले बताएका छन् ।
कार्यक्रममा गुरुमाता भागवत वाचिका राधिका दासजीका सु-मधुर बाणीद्वारा बृहत धार्मिक प्रवचन श्रवण गर्न सकिने छ भने यसका साथै कार्यक्रममा प्रबचनको बीच-बीचमा मिठा-मिठा धार्मिक भजनहरु तथा नृत्य प्रस्तुत गरिने छ । कार्यक्रममा इजरायलका बरिष्ट भजन गायक शिशिर खनालको बाद्य-बादन सहितको टोलीले मिठा-मिठा भाजनहरुको प्रस्तुति पनि रहेको सस्थाकी सांस्कृतिक ब्यबस्थापक प्रमुख युरिना उपाध्यायले जानकारी गराउनु भएको छ ।

त्यस्सै गरि कार्यक्रमको भोलिपल्ट शनिबारका दिन गुरुमाताका साथमा इजरायलको रमणीय स्थलहरु मृतसागर लगायत बेत्लेखेम र कोतेलको भ्रमण राखिएको हुनाले भ्रमणप्रेमी मित्रहरुलाई यो ऐतिहासिक कार्यक्रममा सामेल भइ कार्यक्रमलाई सफल बनाउन हिन्दु जागरण परिवार हार्दिक आवहान गर्दछ ।

तेलअभिभको तखाना मार्कजित तेस्रो तला स्थित एभेरेष्ट क्लबमा साँझ ६ बजे देखि सुरु हुने उक्त कार्यक्रममा आयोजकले कार्यक्रमलाई भब्य बनाउन इजरायलमा हुनुहुने सम्पूर्ण इजरायलवासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको छ ।

भ्रमण स्थल – मृत सागर , बेत्लेखेम र कोतेल ।
भ्रमणका लागि सम्पर्क ।नम्बरहरु :-
१) ०५५-६६०८४१५
२) ०५४-७८५८७५२
३) ०५५-९९१२६२५
४) ०५८-६८१२०३५
५) ०५४-६७५५४५४

प्रकाशित मिति; २०७४ पुष २५ , मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu