साझा सवालमा हुम्लाका युवाले भने-चाहिन्छ भने नेपाल आमा खुन लिएर आछु (भिडियो सहित)

साझा सवालको ५२५ औं भागमा नियमित प्रस्तोता विधा चापागाई उपस्थित भइनन्।विधाको सट्टामा रमा पराजुलीले साझा सवाल संचालन गरिन्।

हालै सम्पन्न संघ र प्रदेशको निर्वाचनमा महिलाहरु असाध्यै कम संख्यामा निर्वाचित भए। यसपाली पुरुष प्रतिष्पर्धीहरुलाई हराएर चुनाव जितेका महिला नेतृहरु रुकुम पूर्वकी सांसद् कमला रोका, स्याङजा २ की सांसद पद्मा अर्याल र महोत्तरी ३ ‘ख’ की सांसद रानी शर्मा तिवारीको चुनावी अनुभव कस्तो रह्यो ? अब उनीहरुको भूमीका कस्तो रहनेछ ?यसै बिषयको सेरोफेरोमा साझा सवालको ५२५ औं भाग केन्द्रित थियो।

साझा सवालमा उपस्थित सहभागीहरुले महिला नेतृहरुलाई विभिन्न प्रश्नहरु गरेका थिए। राजनीतिमा महिलाको कमजोर उपस्थिती,महिलालाई राजनीतिमा लाग्दा पर्ने अफ्ठ्याराहरु लगायत अन्य धेरै प्रश्नहरुको जवाफ निर्वाचित महिला नेतृहरुले दिएका थिए।

त्यसमध्ये हुम्लाबाट आएका एक सहभागी हिक्मतजंग खड्काले प्रतिनिधी सभामा निर्वाचित पद्मा अर्याललाई कर्णालीको विकास बारे यसरी प्रश्न सोधे –
म त हजुर हुम्लादेखी नुन लिएर आछु
तिनै तहको चुनाव गराई गुन लिएर आछु

भन्नू भने अथाहा छन् कर्णालीका पिडाहरु
चाहिन्छ भने नेपाल आमा खुन लिएर आछु

खड्काको  गुनासो थियो- हुम्लामा अहिलेसम्म गाडी पुग्न सकेको छैन।हुम्लामा गाडी पुर्याउने केहि योजना छ कि ?

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७४ पुष १७,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu