१३ करोड बढी मूल्य पर्ने विश्वकै सबैभन्दा महँगो भोड्का चोरी

डेनमार्कको कोपनहेगन शहरबाट संसारकै सबैभन्दा महँगो भोड्काको बोतल चोरी भएको छ।१३ करोड भन्दा धेरै मूल्य पर्ने बताइएको भोड्काको बोतल मंगलबार राती  Vesterbo क्याफे ३३ बाट चोरी भएको हो।

तिन किलो सुन र तिन किलो चाँदिबाट बनाइएको यो भोड्का टिभी सिरिज ‘हाउस अफ कार्ड्समा समेत प्रयोग गरिएको थियो।

आरटी डटकम बार मालिकका अनुसार एक व्यक्ति बन्द रहेको पर्खाल फोडेर भित्र घुस्न सफल भयो र भोड्काको बोतल चोरेर लैजान सफल भयो।

क्याफेले मुख छोपेर चोरी गर्दैं गरेको चोरको फोटो फेसबुकमा सार्वजानिक गरेको छ।

बार मालिकले उदास हुँदै भने- मसँग १२०० रक्सीको बोतल छ,ति मध्ये त्यो सबैभन्दा स्पेशल थियो।

डेनमार्क प्रहरीले यस विषयमा जाँच सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०७४ पुष २०,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu