हृदयविदारक : कुकुरले मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो

कुकुर मानिसको सबैभन्दा प्यारो जनावार हो।कुकुर आफ्नो मालिक प्रति अत्यन्तै बफादार रहने गर्छ। यतिमात्रै होइन कुकुरले मालिकको दु:खसुखमा प्रतिक्रिया समेत जनाउने गर्छ।

हंगेरीमा हालै एउटा कुकुरले बफादारीको नमुना देखाएको छ। हंगेरीमा मृत्यु भएकी आफ्नो मालिकको शवलाई हप्तासम्म पनि कुरेर बस्यो।

हंगेरीको राजधानी बुडापेस्टस्थित एक अपार्टमेन्टमा हवानिज प्रजातिको ९ बर्षीय कुकुरलाई शवसँगै फेला पारिएको हो।

रोयटर्सका अनुसार लामो समयदेखी वृद्धालाई नदेखेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।प्रहरीहरु अपार्टमेण्टमा पस्दा कुकुर आफ्नी मालिक्निको शवको छेउमा बसिरहेको थियो।उद्धारकर्मीका अनुसार जाजा नाम गरेको कुकुर एकदमै कमजोर र उभिन समेत नसक्ने अवस्थामा थियो।

प्रकाशित मिति : २०७४ पुष २३,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu