पूर्वपति ऋतिक रोशनको जन्मदिनमा सुजैनले लेखिन् -तिमी सधैँ मेरो जिन्दगीको उज्यालो बनेर रहन्छौ

बलिउड सुपर हिरो ऋतिक रोशन ४४ बर्षका भए। निलो आँखा भएका ऋतिक डान्स र स्टाइलका लागी खास चर्चित छन्।

१० जनवरी १९७४ मा जन्मेका ऋतिकका बाबु राकेश रोशन अभिनेता,निर्माता र निर्देशक हुन्।

सन् २००० मा ‘कहो ना प्यार है’ बाट फिल्मी क्षेत्रमा धमाकेदार प्रवेश गरेका ऋतिकले थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।उनको कुशल अभिनय,डान्स र प्रस्तुतिले सबैलाई लोभ्याउछ।

स्कुले जिवनदेखी प्रेमिका रहेकी र सुजैन खानलाई ऋतिकले बिहे गरे।१४ बर्षसम्म बलिउडमा आदर्श जोडिका रुपमा स्थापित ऋतिक-सुजैनको २०१४ मा आश्चार्यजनक रुपमा सम्बन्धबिच्छेद (डिभोर्स) भयो।

सम्बन्धबिच्छेद पछि पनि ऋतिक-सुजैन बेलाबखत विभिन्न पार्टी र समारोहहरुमा सँगै देखिन्छन्।आफ्ना पूर्व पति ऋतिकको ४४ औं जन्मदिनमा शुभकामना दिदैं सुजैनले इन्स्ट्राग्राममा लेखिन्-‘तिमी सधैँ मेरो जिन्दगीको उज्यालो बनेर रहन्छौ,जन्मदिनको शुभकामना।’

प्रकाशित मिति : २०७४ पुष २६,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu