ॐ जनजागरण अभियान इजरायलको श्रीस्वस्थानी समापन तथा महाशिवरात्री पुजाको तयारी पुरा

प्रख्यात भागवतवाचक पण्डित आचार्य बिष्णुप्रसाद ज्ञवाली इजरायल आउदै

नेपालको मौलिक धर्म संस्कृति परम्पराको रक्षार्थ स्थापना भएको ॐ जन जागरण नेपाल अभियान इजरायलले आगामी २ फेब्रुअरी २०१८ को दिन श्रीस्वस्थानी ब्रतकथा फूलपाती बिसर्जन तथा महाशिवरात्रीको अवसरमा एक धार्मिक कार्यक्रम आयोजना गर्दैछ । उक्त धार्मिक कार्यक्रमको प्रमुख आथित्यको लागि नेपालबाट प्रख्यात भागवत वाचक पण्डित आचार्य बिष्णुप्रसाद ज्ञवालीको इजरायल आउने कार्यक्रम रहेको अध्यक्ष नितु कार्कीले बताएकी छिन साथै उक्त धार्मिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि अध्यक्ष कार्कीले जानकारी गराएकी छिन ।

राष्ट्रिय धर्मानुष्ठान बिभाग प्रमुख समेत रहेका प्रख्यात भागवत वाचक पण्डित आचार्य बिष्णुप्रसाद ज्ञवालीले बिशेष धार्मिक प्रवचन समेत दिने कार्यक्रम रहेको छ ।

राष्ट्र , राष्ट्रियता , स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको माध्यमबाट समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ धर्म परिवर्तनमा रोक लगाउने बिशेष महाअभियानका साथ आगाडी बढिरहेको धार्मिक सस्था हो ॐ जनजागरण नेपाल अभियान इजरायल ।

श्रीस्वस्थानी फूलपाती बिसर्जन तथा महाशिवरात्रीको समापन पछि भोलि पल्ट फेब्रुअरी ३ भागवत वाचक पण्डित आचार्य बिष्णुप्रसाद ज्ञवालीको साथ इजरायलको रमणीयस्थल मृतसागर साथै अन्य मनोरञ्जनात्मक स्थलको भ्रमण गरिने अध्यक्ष कार्कीले जनाकारी गराएकी छिन् । उक्त बृहत धार्मिक प्रवचनमा इजरायलबासी सम्पूर्ण नेपालीहरुले उपस्थित भइ आध्यात्मिक लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

उपस्थितको लागि भागवतवाचक पण्डित आचार्य बिष्णुप्रसाद ज्ञवालीको भिडियो अपिल

प्रकाशित मिति: २०७४ पुष २७ , बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu