पानीको बिचमा बनाईएको अचम्मको होटेल

होटल व्यबसायमा लगानी गर्नेहरुले आफ्नो होटललाई अरुभन्दा आकर्षक,अलग देखाउन होडबाजी गरिरहेका छन्। विभिन्न किसिमका सुविधाहरु,अब्बल ब्यबस्थापन मार्फत मानिसहरुलाई आफ्नो होटलमा आकर्षित गर्ने गरेका छन्।

अहिले होटल ब्यबसायमा नयाँ-नयाँ प्रयोग समेत गरिन थालिएको छ।समुन्द्रको बिचमा,समुन्द्र मुनि,भिरमा समेत होटल बनाएर ग्राहकहरुलाई होटलहरुले लोभ्याइरहेका छन्।

ब्राजिलको अमेजनको जंगलमा रहेको “अमेजन टुपाना होटल’ यस्तो होटल हो जो पानीको बिच भागमा बनाइएको छ।यहाँ आठ टावरहरु छन्,एक टावरबाट अर्को टावरमा जान पुल बनाइएको छ।

होटल नजिकै एउटा नदी समेत बग्ने गर्छ जहाँ बैजनी रंगको अलग्गै किसिमको डल्फिन समेत पाइन्छ।

प्रकाशित मिति : २०७४ पुष २७,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu