आठ बर्षीया बालिकाको बलात्कारपछि घाँटि थिचेर हत्या, शोकमा डुब्यो पाकिस्तान

पाकिस्तानमा आठ बर्षीया बालिकाको  बलात्कारपछि हत्या भएको घटना सार्वजानिक भएपछि देशव्यापी विरोध प्रदर्शन हुनुको साथै  सिङ्गो पाकिस्तानमा आक्रोस छाएको छ।विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउदा दुई प्रदर्शनकारी समेत मारिएका छन्।

सामाजिक संजालमा,मिडियाहरु सबैले बलात्कारीलाई पक्राउ गरेर सजाय दिनको लागी चर्को आवाज उठाइरहेका छन्।

पाकिस्तानी मिडियाहरुका अनुसार पाकिस्तानको कासुरबाट आठ बर्षीया जैनब नाम गरेकी बालिकाको अपहरण भएको थियो। अपहरण भएको चार दिनपछि शव फोहरको थुप्रोमा फ्याकिएको अवस्थामा भेटिएको थियो।

पोष्टमार्टममा बालिकालाई  पटक-पटक बलात्कारपश्चात घाँटि थिचेर हत्या गरिएको रिपोर्ट आएको थियो। प्रहरीले जैनबको शरीरमा फेला परेको डिएनएका अनुसार अपराधी परिवारसँग परिचित हुनसक्ने अनुमान गरेको छ।

अपहरित बालिकाको शव फेला परेपछि यसको तिव्र विरोध भइरहेको छ। पाकिस्तानी टेलिभिजनमा कार्यक्रम संचालिकाले आफ्नी सानी छोरीलाई सँगै राखेर कार्यक्रम संचालन गरिन्।

नियमित कार्यक्रम भन्दा अलग रुपमा उनले आफ्नो भनाई राखिन् र आफू आज कार्यक्रम संचालिका भन्दा एक आमा भएको बताइन्।

भावुक बनेर कार्यक्रममा उपस्थित भएकी संचालिकाले बलात्कारपछि बालिका हत्याको विरोध गरिन् र पाकिस्तानमा न्याय दिने प्रक्रियाको पनि विरोध जनाइन् ।

भिडियो 

प्रकाशित मिति : २०७४ पुष २७,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu