श्रीलंकामा १८ वर्ष पुगेका महिलाले मदिरा खरिद गर्न पाउने

श्रीलंका, पुस २७ । श्रीलंकामा १८ वर्ष उमेर नाघेका महिलाहरूलाई पनि मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरिएको छ ।

करिब ६ दशकसम्म महिलाहरूलाई मादक पदार्थ खरिद गर्ने व्यवस्थामा बन्देज लगाइएको थियो । महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को उक्त कानुन संशोधनको तयारी गरेको छ ।

कानुनले बन्देज लगाए पनि उक्त कानुनको पूर्णपालना भएको थिएन । नयाँ कानुनअन्तर्गत महिलाहरूले अब लाइसेन्स प्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउन सरकारबाट अनुमति लिनु पर्ने छैन ।

सरकारको निर्णयलाई धेरैले स्वागत गरेपनि कतिले महिलाहरू रक्सीको लतमा फस्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २०७४ पुष २७,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu