मलाई माया गर्ने मेरा दर्शकलाई सम्झेर अभिनयमा डुब्छु : सोनम कपुर

सोनम कपुरलाई बलिउडमा सुझवुझ भएकी सुन्दरी ‘ब्यूटी विथ ब्रेन’ नायिकाको रुपमा चिनिन्छ।

सोनमलाई केहि बर्ष अघिसम्म स्टार अभिनेता अनिल कपुरकी छोरीको रुपमा चिनिन्थ्यो।अहिले सोनमको आफ्नै परिचय बनेको छ। बलिउडमा उनले आफ्नो अलग्गै स्थान बनाइसकेकी छिन्।

आफू अभिनित फिल्म ‘प्याडम्यान’को प्रचारको क्रममा सोनमले आफू अवार्डको लागी फिल्म नखेल्ने बताइन्।तर उनले फिल्म ‘निरजा’ बाट ६४ औं राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन्।

सोनम भन्छिन्- ‘मेरो फिल्मले दर्शकको मन जित्नपर्छ। म मलाई माया गर्ने मेरा दर्शकलाई सम्झेर अभिनयमा डुब्छु। दर्शकले मेरो फिल्म र अभिनय मन पराइदिनु भयो भने मलाई सबैभन्दा ठूलो अवार्ड त्यहि हुँनेछ।’

प्रकाशित मिति : २०७४ पुष २७,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu