राष्ट्रिय जनवार गाई काट्नेलाई देशद्रोही मुद्धा लगाउदै कडा सजाय दिनु पर्छ (भिडियो)

हिन्दु राष्ट्र पुनःस्थापना मंचको संस्थापक बिष्णु बरालले ”राष्ट्रिय जनवार गाई काट्नेलाई देशद्रोही मुद्धा लगाउदै कडा सजाय दिनु पर्ने बताएका छन् ।
अमेरिकाले नेपालमा गाई काट्नु पाउनु पर्छ भन्ने किसिमको एउटा अभिव्यक्तिलाई लिएर दुई महिना अघि आएको एउटा विवादको बिषयमा जवाफ दिदै बरालले उक्त कुरा बताएका हुन् ।नेपालको संविधानले नै गाई काट्न हुदैन भनेर प्रतिबन्ध लगाएको र नेपालको कानुनलाई नबुझिकन बोल्ने उक्त अमेरिकी भनाई गलत भएको टिप्पणी गरेका छन् । सनातन हिन्दु राष्ट्र घोषणा गराउने मंचको उद्देश्य ढिलो चाडो पुरा हुने र नेपाल चाडै हिन्दु राष्ट्र हुने बिश्वास दिलाएका छन् ।

हिन्दु राष्ट्र स्थापना नहुदासम्म संघर्ष जारी रहने पनि बताउदै नेपालमा भएको बिदेशी चलखेलको कारण देश जंजर हुदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । गणतन्त्रदेखि धर्मनिरपेक्षसम्म सबै बिदेशी शक्तिको इसारामा भएको आरोप लगाउदै विश्वको एक मात्रै हिन्दु राष्ट्र हटाउनु ठुलो षडयन्त्र भएको बताए ।

यसरी नै दलाई लामाले भगवान बुद्धभारतमा जन्मिएको भनेर दिएको अभिव्यक्तिले खासै अर्थ नराखे बताए किनकी विश्वलाई भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको विश्वब्यापी सत्यलाई सबैले स्वीकार गरेको हुदा यसलाई गम्भीर रुपमा लिन नहुने बताए ।

हेर्नुस बरालसंगको भिडियोवार्ता !

प्रकाशित मिति: २०७४ पुष २८ , शुक्रबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu