कांग्रेस नेता घिमिरे भन्छन् -समानुपातिक व्यवस्था भनेको क्यान्सर,इबोला भाइरस र एड्स जस्तै हो

गणतन्त्रको घोषणा भएको एघार बर्षपछि बिहिबार राष्ट्रिय एकता दिवस मनाइयो।नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरे भन्छन्- २०६३ सालमा नेपाली कांग्रेसका प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला र तत्कालिन  गृहमन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्रिपरिषदमा समेत प्रस्ताव नलगी आफ्नै  निर्णयबाट बर्षौदेखी मनाइदै आएको पृथ्वीजयन्ती हठात् समाप्त पारे।

कांग्रेस केन्द्रिय कार्यसमिति र मन्त्रीपरिषदमा समेत छलफलमा नलगी गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकता दिवस हटाएको घिमिरेले बताए।

देश निर्माणमा योगदान दिएका ब्यक्तिलाई कहिल्यै भुल्न नहुने भन्दै घिमिरे भन्छन्- विश्वका कुनैपनी मुलुकमा त्यो मुलुक निर्माण गर्ने ब्यक्तिलाई उच्च सम्मान दिइन्छ र उनीहरुको सालिकलाई पुजिन्छ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण नगरेका भए आज हामीले नेपाली भनेर गर्व गर्नसक्ने दिन आउने थिएन।पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा मात्रै देन नभएर उनले बोलेका कुराहरु,उनका उपदेशहरु,परराष्ट्र निती लगायतका सबै कुराहरुको आजपनि उत्तिकै महत्व रहेको घिमिरेको भनाई छ।

पृथ्वीजयन्ती मनाउन छोडेको,बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा फागुन ७ गते राष्ट्रिय दिवस नमनाएको र पृथ्वीनारायण शाहको सालिक तोडेको यी तिन कुराले आफूलाई अत्यन्त मर्माहत गराएको घिमिरे बताउछन्।

घिमिरे अगाडी भन्छन्- नेपाली कांग्रेसको हारको अनुमान मैले पहिल्यै गरेको थिए।बाम गठबन्धन नबनेको भएपनी कांग्रेस हार्ने पक्का थियो।कांग्रेसको हारको जिम्मेवारी देउवाले मात्रै नभएर सिंगो नेतृत्व नै जिम्मेवार छ।

समानुपातिक सांसद नाताबाद,डनवाद र कृपावादको आधारमा बनाइएको छ।संसदिय व्यवस्थामा यो क्यान्सर,एड्स र इबोला भाइरस भएको घिमिरेको भनाई छ

हेर्नुहोस् पुरा भिडियो

प्रकाशित मिति : २०७४ पुष २८,शुक्रबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu