यति यति पानीमा अनमोलको नमर्किएको कम्मर (भिडियो)

नेपाली रजतपटका सबैभन्दा सुन्दर नायकको रुपमा नेपाली चलचित्र वृतमा अनमोल केसी कै चर्चा छ। उनको क्युट लूक्स को कारणले उनको क्रेज र महिला फ़ल्लोवरको संख्या पनि निकै छ। सुरुवाती दिनमा भुवन केसीको छोरोको रुपमा बाहेक कसैले पनि खासै नोटिस नगरेका अनमोलले सबैको अनुमानलाई गलत साबित गर्दै प्रत्येक चलचित्र मार्फत आफूलाई अब्बल साबित गर्ने प्रयास गरेका छन्।

फिल्मिक्षेत्र नै हल्लाको र गफ्फ्को क्षेत्र हो भन्दा पनि गलत हुदैन। त्यसैले कुनै न कुनै बहानामा चर्चामा आइरहन खप्पिस बाबु भुवन केसीले छोरो अनमोल्लाई पनि सधै चर्चामा ल्याई रहन कुनै कसर बाँकी राखेका छैनन् भने आमा सुष्मिता लामा केसीले पनि छोरोका गर्लफ्रेन्ड हरुको गफ्फ गरेर हुन्छ कि उसका सिक्स् प्याकका कुरा गरेर हुन्छ। छोरो अनमोलको चर्चालाई हावा दिईरहेका हुन्छन। त्यसमाथि भुवन केसीले अन्मोल्लाइ चित्त नबुझे दुइ करोड पारिश्रमिक दिए पनि ऊ काम गर्दैन भन्दै अन्तरबार्ता दिएर अनमोल लाइ चर्चामा ल्याउन र चर्चित बनाउन कुनै कसर बाँकी राखेका छैनन्।त्यसमाथि अनमोल ले दुइ करोड पारिश्रमिक लिएर हिन्दि फिल्मा काम गर्न लग्यो भनेर पनि कम हल्ला खल्ला भएको हैन। तर ती हल्ला केवल हल्ला मात्रै साबित भए।

चकलेटी हिरो अनमोलको अहिलेसम्मको हिट फिल्म नै ड्रिम्स हो। तर अनामोल्ले दर्शकको माया होस्टेल रिटर्नबाटै पाएका हुन्। त्यसपछि जेरी चलचित्रमा पनि उनलाई निकै मन पराइएको हो । तर अनमोलका चलचित्र जतिसुकै हिट भए पनि उनको अभिनयको प्रशंशा भने अहिलेसम्म भएको छैन।चलचित्र गाजलुले पनि त्यो अपेक्षालाई पुरा गर्न सकेन। अनमोल का हरेक सफल चलचित्रका पछि उनको फ्रेश युवापन र मुहारको क्युटनेस को हात छ भन्दा फरक पर्ने छैन।

अनमोल को नया चलचित्र क्री को चर्चा यसबेला शिखर मा छ। चलचित्रमा अनमोल ले यो गर्यो, त्यो गर्यो। सिक्स प्याक बनायो आदि आदि फिल्मी पत्रिकाका हेड लाइन बनिरहेका छन्। तर चलचित्र आऊनु अघि नै बिबाद पनि संगै लिएर आइरहेको छ। चलचित्रको पोस्टर नै नक्कल हो भनेर फिल्मी बजारमा हल्ला छ।

उक्त चलचित्रका लागि अनमोल ले सिक्स प्याक बनाएका छन्। लूक्स चेन्ज गरेका छन्। र, सम्भवत आफ्नो फिल्मी क्यारिएर मा पहिलो चोटी कम्मर मर्काएर नाचेका छन्। तर डान्सको पहिलो स्टेप्स सुरु गर्ने बित्तिकै दर्शकले उनको कमजोरी थाहा पाई हल्छन । किनकि डान्समा अनमोलको दक्षता छैन भनेर उनको कमजोरी तुरुन्तै पत्ता लागिहाल्छ।एती एती पानि भने पनि जति जति पानि भने पनि गीतले मंगे अनुसार उनको डान्स स्किल पटक्कै देखिन्न। कोरियोग्राफर ले पनि अनमोल बाट दर्शकको चित्त बुझ्दो काम लिन सकेका छैनन्। डान्स का फास्ट बिट लाइ अनमोल ले न्याय गर्न नसके तापनि र्यापका स्टेप्स र हाउभाउ मा त्यो कमजोरीलाई हतौना सक्नु पर्थ्यो तर अनमोल र कोरियोग्राफर यसमा दुवै जना चुकेका छन्।गीत अनुसार कम्मर मर्काएर झुमी झुमी नाच्नु पर्नेमा नृत्यमा अनमोल को त्यो पागलपन पटक्कै देखिन्न।

तर यो गीत मा पनि अनमोल को क्युट लुक भने कायमै छ। तर अभिनय र डान्स मा जिरो भएर क्युट लूक्स कै सहारामा अनमोल चलचित्रको दुनियामा कति दिन टिक्ने हुन् रु यो प्रश्नको जवाफ पाउन क्री को रिलिज्संम त पर्खिने पर्छ।

अहिलेलाई नेपाली रजतपटका सर्बाधिक क्युट नायक अनमोल केसीलाई कृ को सफलताको कामना।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu