एनआरएन इजरायलले सन् २०१८ मा गर्ने विभिन्न कार्यक्रमहरुको सुची सार्बजनिक

एनआरएन इजरायलले सन् २०१८ मा गर्ने विभिन्न कार्यक्रमहरु बारे जानकारी दिने उद्धेश्यले पत्रकार सम्मेलनको आयोजना गर्यो। पत्रकार सम्मेलनमा बोल्दै एनआरएनका महासचिव तेन्जिंग शेर्पाले नयाँ बर्ष २०७५ को अवसरमा आयोजना हुने सांगितीक कार्यक्रममा नेपाल आइडलका विजेताहरु आउने जानकारी दिए।

एनआरएन इजरायलले विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गरिरहेको र अब साहित्यिक कार्यक्रमको पनि आयोजना गर्ने र नेपाली नारीहरुको महान् चाड हरितालिका तिजमा चर्चित लोक गायक पशुपति शर्मा लगायत अन्य लोकप्रिय गायक/गायिकाहरुको उपस्थित हुने र दशैं,तिहार,बुद्ध जयन्ती लगायत नेपालीहरुले मनाउने विभिन्न चाडपर्वमा इजारयलमा रहेका विभिन्न संघ-संस्थासँग समन्वय गरेर एनआरएनले कार्यक्रम गर्ने जानकारी महासचिव शेर्पाले दिए।

आइसीसी सदस्य दिपक ओलीले २०१९ को एनआरएन युरोप क्षेत्रीय सम्मेलन इजरायलमा गर्नको लागी पहल गरिरहेको आइसीसी सदस्य दिपक ओलीले बताए। प्रवक्ता डोमा शेर्पा (स्मिका) ले एनआरएनले आयोजना गर्ने हरेक कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ-संस्थाहरुसँग सरसल्लाह,समन्वय र आपसी समझदारीमा गरिने जानकारी दिइन्।

नेपालीद्धारा नेपालीहरुलाई विभिन्न बाहनामा पैसा ठग्ने क्रम बढिरहेकोमा त्यसरी ठगिएका नेपालीको लागी कानूनी र अन्य सहयोग उपलब्ध गराउने जानकारी एनआरएन अध्यक्ष छिरिंग शेर्पाले जानकारी दिदैं विभिन्न रोगबाट पिडित भएर काम गर्न नसक्ने अवस्थामा रहेका नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको र सहयोगको रकम अझैं बढाउने बिषयमा एनआरएन भित्र छलफल भइरहेको बताए।

प्रकाशित मिति: २०७४ पुष २९ , शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu